धन भन्दा विद्या ठुलो भन्ने शिक्षकले तलब बृद्धिको माग राख्दा विरोध गर्नेहरुको लागी सन्देश
धनभन्दा विद्या ठूलो भन्ने शिक्षकले तलब बृद्धिको माग राखेको भन्दै विरोध गर्ने विद्धान वर्गकोलागी स- प्रेम सन्देश सहित मेरो विचार आदरणिय सम्पूर्णमा नमस्कार 🙏 हामी शिक्षकले त सधैं पढाउँदै आएका हौं धनभन्दा विद्या ठूलो हो भनेर , आज पनि त्यो कुरो हाम्रो आत्मामा बसिसकेको छ। तर प्रश्न यत्ति हो , विद्याको मूल्य के सस्तो श्रम र अपमानपूर्ण व्यवहारले तोकिने हो? हामीले “धनभन्दा विद्या ठूलो हो” भनेर विद्यार्थीलाई शिक्षाको महत्व बुझाएका थियौं, तर त्यसको अर्थ शिक्षक धनविहीन, असहाय र अपहेलित बाँच्नुपर्ने भन्ने होइन। विद्या ठूलो हो, तर विद्या बाँड्ने हात यदि निसाहारा बनाइन्छ भने त्यो समाजमा विद्या साँचो अर्थमा फैलन सक्दैन। जब शिक्षकको तलब सम्मानजनक हुँदैन, उसले घर खर्च चलाउन धौधौ पर्छ, तब उसको ध्यान पढाइ होइन, जिउनकै संघर्षमा केन्द्रित हुन्छ। यस्तो अवस्थामा सिकाइको गुणस्तर कसरी सम्भव हुन्छ? विद्यार्थीको भविष्यको ग्यारेन्टी तब मात्र हुन सक्छ, जब शिक्षकको वर्तमान सुरक्षित छ। हामीले तलब बढाउने मात्र होइन, शिक्षकलाई गरिमा द...