विपद् प्रभावितका लागि श्री लेकाली बसीफाँट मा. वि.को सहयोग
घरदेखि विद्यालयसम्म २–३ घण्टा पैदल हिँडेर आउने विद्यार्थीको प्रेरणादायी सहयोग श्री लेकाली बसीफाँट माध्यमिक विद्यालय का शिक्षक तथा विद्यार्थीहरूले विपद् प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकमुष्ट रु. १७,१५१।– (सत्र हजार एक सय एकाउन्न रुपैयाँ) सहयोग गरेका छन्। विद्यालयका विद्यार्थीहरू मध्ये धेरैजना घरदेखि विद्यालयसम्म २–३ घण्टासम्म पैदल हिँडेर अध्ययन गर्न आउने गर्दछन्। दैनिक विद्यालय आउँदा खाजा खानका लागि अभिभावकबाट प्राप्त हुने तथा आफूले बचत गरेको रकमसमेत विपद्मा परेका नागरिकहरूको सहयोगका लागि स्वेच्छिक रूपमा प्रदान गर्नु विद्यार्थीहरूको अनुकरणीय मानवीय भावना हो। आफूलाई आवश्यक पर्ने सामान्य खाजा खर्चसमेत बचाएर विपद्मा परेका दाजुभाइ तथा दिदीबहिनीहरूको पीडामा मल्हम लगाउने उद्देश्यले गरिएको यस सहयोगले विद्यार्थीहरूमा रहेको मानवता, सामाजिक उत्तरदायित्व, सेवाभाव र सहकार्यको भावना लाई उजागर गरेको छ। शिक्षक तथा विद्यार्थीहरूको यस कार्यले “सहयोग गर्न ठूलो धनसम्पत्ति होइन, ठूलो मन चाहिन्छ” भन्ने भावनालाई सार्थ...