सम्बन्ध
Writer ✍️ : RAMMANI ARYAL
भाग्य जसको बलियो हुन्छ, असल साथि चुन्छ भने
सफल त्यो उ नै हुन्छ , मनमा सपना बुन्छ भने
रिस कहिल्यै गर्नुहुन्न , शंका मात्र गरेर
बेकार हुन्छ जिन्दगी त्यो , सधै आँखा रुन्छ भने
एक अर्कामा विश्वास गर , जिवन यात्रा पूरा होला
बिग्रि जान्छ सम्बन्ध त्यो , नाम मात्रैको हुन्छ भने
अहमता र अविश्वासले , जान्छ नाता टुटेर
अटुट होला सम्बन्ध त्यो , माफ मागी धुन्छ भने
कदर गर्न जाने मायाँ , जिबनको सहारा हो
नत्र छुटी जाला बाटो , मनमा जालो तुन्छ भने
एकै रथका एउटै पाङग्रा , बने पनि के भयो र
मनका पिडा मनको नै , पिंजडामा थुन्छ भने
साथ सधै देखेपनी , नहोला है देखे झै
अङ्कुराउला मनमा माया , भावनाले छुन्छ भने

Comments
Post a Comment